घोकेन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य: मन्त्री थापा

पाेखरा | मंसिर २०, २०८१

घोकेन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य: मन्त्री थापा

पोखरा:   गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् ।

 

राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक कार्यक्रमहरू जस्ता शिक्षा नै आजको आवश्यकता रहेको उल्लेख गरे ।

 

राष्ट्रिय माध्यमिक विद्यालयले लामो यात्रा पार गर्दै शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भनाई उनको छ ।

 

स्थानीय तथा राष्ट्रिय स्तरमा हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र नैतिकतामा सक्षम बनाउँदै समाज रूपान्तरणमा ऐतिहासिक भूमिका उक्त विद्यालयले खेलेको उनले बताए ।

 

विद्यार्थीहरूले विभिन्न क्षेत्र—शिक्षा, राजनीति, विज्ञान, साहित्य, कला र उद्यमशीलतामा पु¥याएको योगदान प्रशंसनिय रहेको भनाई उनको छ ।

 

शिक्षा कुनै पनि राष्ट्रको विकासको आधार भएको भन्दै मन्त्री थापाले प्रदेश सरकारले गुणस्तरीय शिक्षा सबैलाई सहज रूपमा उपलब्ध गराउनका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको उल्लेख गरे ।  

 

ग्रामीण तथा शहरी विद्यालयहरूलाई समान रूपमा प्रविधिमैत्री र स्रोतसाधनयुक्त बनाउन संघीय सरकार र स्थानीय तहसँग मिलेर प्रदेश सरकारले आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको मन्त्री थापाले बताए ।

 

राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव केवल उत्सव मनाउने अवसर मात्र होइन यसलाई आगामी दिनमा विद्यालयको स्तरवृद्धि र दिगो विकासका लागि नयाँ योजनाहरू बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा उनको छ ।

 

उनले प्रदेश सरकार पनि विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल शिक्षा प्रविधिको प्रवर्द्धन र गुणस्तरीय पाठ्यक्रमको विकासमा सधैँ तयार रहेको उनले उल्लेख गरे ।  

 

शिक्षालाई गुणस्तरिय बनाउन प्रदेश सरकारले फ्राइडे फर फ्युुचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रमको अवधारणालाई अगाडि बढाएको जानकारी उनले गराएका छन् ।

 

प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र भएको अधिकारलाई प्रयोग गर्दै शिक्षामा सुधारन्मुख काम गर्दै आएको भनाई उनको छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्